पानी महसुल भुक्तानी सम्बन्धी सूचना
सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ कि निर्धारित समयभित्र खानेपानीको महसुल भुक्तानी गर्न अनुरोध गरिन्छ। समयमै महसुल भुक्तानी नगरेमा नियम अनुसार थप शुल्क लाग्न सक्नेछ। कृपया आफ्नो बिल समयमै भुक्तानी गरी सेवा नियमित राख्नुहुन अनुरोध गरिन्छ। मिति: २०८२/०२/०१
पाइप मर्मत कार्य सम्बन्धी सूचना
इनरुवा नगरपालिका भित्र रहेको मुख्य खानेपानी पाइपलाइन मर्मत कार्यका कारण केही समयका लागि पानी वितरण अवरुद्ध हुन सक्ने जानकारी गराइन्छ। मर्मत कार्य सम्पन्न भएपछि पानी वितरण पुनः नियमित गरिनेछ। उपभोक्ताहरूलाई पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौं। मिति: २०८२/०१/२८
खानेपानी वितरण सम्बन्धी सूचना
इनरुवा खानेपानी उपभोक्ता संस्थाबाट वितरण गरिने खानेपानी सेवा सम्बन्धमा सम्पूर्ण उपभोक्ताहरुलाई जानकारी गराइन्छ कि नियमित मर्मत तथा व्यवस्थापन कार्यका कारण केही क्षेत्रमा पानी वितरणको समयमा परिवर्तन गरिएको छ। उपभोक्ताहरूले पानी वितरण समय अनुसार पानी संकलन गर्न अनुरोध गरिन्छ। असुविधाका लागि हामी क्षमाप्रार्थी छौं। मिति: २०८२/०१/२५इनरुवा खानेपानी उपभोक्ता संस्था